Logo

आइतवार, श्रावण २४ गते २०८३

images

टेलिकमले निःशुल्क सिम वितरण गर्ने

टेलिकमले निःशुल्क सिम वितरण गर्ने

दैनिकी न्यूज

२३, जेठ २०७७
टेलिकमले निःशुल्क सिम वितरण गर्ने
images

काठमाडौँ । नेपाल सरकारले भारतबाट स्वदेश फर्कने नागरिकका लागि व्यवस्था गर्ने विभिन्न २० वटा आवागमन स्थल (नाका) तथा हवाई मार्गबाट स्वदेश फर्कने नेपाली नागरिकलाई बस्ने व्यवस्था मिलाइने क्वारेन्टाइन स्थल तथा होल्डिङ सेन्टरमा बुथ स्थापना गरी निःशुल्क सिम उपलब्ध गराउने भएको छ ।

यसका लागि कम्पनीले तत्काल एक लाख सिमकार्डको व्यवस्था पनि गरिसकेको नेपाल टेलिकमको विज्ञप्तिमा उल्लेख गरेको छ । यसरी सिम प्राप्त गर्नका लागि नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने अन्य कागजात उपलब्ध गराउनुपर्ने छ ।

स्वदेश प्रवेश गर्ने नागरिकसँग कुनै परिचयपत्र उपलब्ध नभएको अवस्थामा उहाँहरूका आफन्त तथा निकटका व्यक्तिको परिचयपत्रबाट पनि सिम उपलब्ध गराउन सकिने बताइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :जेठ २३, २०७७ शुक्रवार - ०६:२१:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology