Logo

आइतवार, श्रावण २४ गते २०८३

images

भारतीय अभिनेता सुशान्तको हत्या भएको भन्दै अनुसन्धान गर्न परिवारको माग

भारतीय अभिनेता सुशान्तको हत्या भएको भन्दै अनुसन्धान गर्न परिवारको माग

दैनिकी न्यूज

१, आषाढ २०७७
भारतीय अभिनेता सुशान्तको हत्या भएको भन्दै अनुसन्धान गर्न  परिवारको माग
images

काठमाडौं । आइतबार आत्महत्या गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आशंका परिवारले गरेका छन्।

उनका परिवारले राजपुतले आत्महत्या गरेको नभएर उनको हत्या गरिएको भन्दै अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेका छन्।

कैयौँ चलचित्रमा खेलेका राजपुत आइतबार मुम्बाई बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा भेटिएका थिए। प्रहरीले पनि उनको आत्महत्या भएको बताएको थियो।

तर राजपुतका मामा आरसी सिंहले सोमबार भनेका छन्,‘उनले आत्महत्या गरेको भन्ने बारेमा हाम्रो विश्वास छैन, हामी परिवारका सदस्यहरुले यसको विरोध गरेका छौँ उनको हत्या भएको छ प्रहरीले राम्रोसँग अनुसन्धान गरोस्।’

बिहारका प्रहरी कमिसनर मनोज सिंहले घटनाको प्रकृति हेर्दा अहिलेसम्म आत्महत्या नै गरेको जस्तो देखिएको बताएका छन्।

भारतीय चलचित्र क्षेत्रका नायक राजपुतका मामा तथा आफन्तहरुले उनले आत्महत्या गर्ने कुनै कारण नरहेको भनेका छन् भने प्रहरीले आत्महत्या गरेको बारेमा कुनै सुसाइड नोट पनि नभेटिएको बताएको छ। रासस÷एएनआई

images
प्रकाशित मिति :आषाढ १, २०७७ सोमवार - १३:१८:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology