Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सिमकार्ड लिन स्वयं उपस्थित हुनुपर्ने

सिमकार्ड लिन स्वयं उपस्थित हुनुपर्ने

दैनिकी न्यूज

१२, आषाढ २०७७
सिमकार्ड लिन स्वयं उपस्थित हुनुपर्ने
images

काठमाडौँ । सिमकार्ड हराएको अथवा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड लिनुपर्दा ग्राहकले आफ्नो सक्कली परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्ने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै सक्कल परिचयपत्र लिएका ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराउन निर्देशन जारी गरेको हो । सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी, ग्राहकले भरेको फाराम चेकजाँच गरेर मात्र सिमकार्ड उपलब्ध गराउनुपर्ने प्राधिकरणले जनाएको छ ।

ग्राहक स्वयं उपस्थित हुन नसकेको अवस्थामा कानुनबमोजिमको वारेसनामा वा अख्तियारनामा लिएर आएको व्यक्तिलाई मात्र सिमकार्ड उपलब्ध गराउनुपर्ने निर्देशन प्राधिकरणले दिएको छ ।

कुनै एक व्यक्तिको परिचयपत्रको प्रतिलिपि अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनधिकृत रूपमा अन्य व्यक्तिको मोबाइल नम्बरमा पहुँच पुग्न गई बैङ्किङ, इमेल, सामाजिक सञ्जाल र अन्य डिजिटल सेवा तथा डेटासम्म पहुँच पुग्ने र सुरक्षा खतरा हुने भएकाले यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । निर्देशन पालना नभएको अवस्थामा दूरसञ्चार ऐनबमोजिम कारबाही हुने प्राधिकरणले स्पष्ट पारेको छ ।

गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :आषाढ १२, २०७७ शुक्रवार - ०६:३९:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology