Logo

बुधवार, श्रावण २७ गते २०८३

images

एसईईमा विद्यालयको गम्भीर लापरबाहीः विद्यार्थीलाई पूर्णांकभन्दा बढी नम्बर

एसईईमा विद्यालयको गम्भीर लापरबाहीः विद्यार्थीलाई पूर्णांकभन्दा बढी नम्बर

दैनिकी न्यूज

३०, आषाढ २०७७
एसईईमा विद्यालयको गम्भीर लापरबाहीः विद्यार्थीलाई पूर्णांकभन्दा बढी नम्बर
images

काठमाडौं । कोभिड–१९ को त्रासका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नम्बरिङ अधिकार सरकारले विद्यालयलाई दियो ।

यो अधिकार दुरुपयोग गर्दै काठमाडौं उपत्यकाका कतिपय विद्यालयले नतिजा राम्रो देखाउन नम्बर पढाएर जिल्ला शिक्षा विकास तथा समन्वय एकाइमा पठाएका छन् । कतिपयले पूर्णांकभन्दा बढी नम्बर पनि दिएको पाइएको छ ।

लकडाउन कारण सरकारले तोकेको समयमा परीक्षा सञ्चालन गर्न उचित मानेन र विद्यार्थीले विद्यालयमै दिएको आन्तरिक परीक्षाको आधारमा नम्बर दिने व्यवस्थासहित कार्यविधि बनाएर राष्ट्रिय परीक्षा बोर्डले कार्यान्वयनमा ल्यायो ।

यसअनुसार प्रत्येक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा परीक्षा मूल्यांकन समिति गठन गरी इमानदार भएर आन्तरिक मूल्यांकनको आधारमा नम्बर दिनुपर्ने व्यवस्था गरियो ।

सो कार्यविधिमा विद्यालयले ३ प्रति विद्यालयको विवरण भरेर एउटा परीक्षा नियन्त्रण कार्यालय, एउटा विद्यालयमा र एउटा इकाइमा पठाउनुपर्ने व्यवस्था छ । आजको नागरिक दैनिकबाट

images
प्रकाशित मिति :आषाढ ३०, २०७७ मंगलवार - ०७:१२:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology