Logo

बुधवार, श्रावण २७ गते २०८३

images

सरकार र सञ्चालकलाई इस्टुकाे ३ दिने अल्टिमेटम

सरकार र सञ्चालकलाई इस्टुकाे ३ दिने अल्टिमेटम

दैनिकी न्यूज

१, श्रावण २०७७
सरकार र सञ्चालकलाई इस्टुकाे ३ दिने अल्टिमेटम
images

काठमाडौँ। लकडाउनकाे अवधिमा समेत अनलाइन तथा भर्चुअल माध्यमबाट शिकाठमाडौँ क्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दै अाइरहेका देशभरमा संस्थागत विद्यालयका दुई लाख बढी शिक्षक-कर्मचारीलाई बेतलबी घरबिदा दिने र जारी अनलाइन कक्षा बन्द गर्ने निर्णय निजी विद्यालयहरूकाे छाता सङ्गठन प्याब्सन र एन. प्याब्सनले गरेसँगै संस्थागत विद्यालय शिक्षक युनियन (ISTU) सङ्घर्षमा हाेमिने भएकाे छ ।

प्याब्सन, एन. प्याब्सनले हिजाे असार ३१ गते जारी गरेकाे विज्ञप्तिकाे प्रतिक्रियास्वरूप इस्टु महासचिव भाेलानाथ चालिसे र अध्यक्ष हाेमकुमार थापाद्वारा हस्ताक्षरित विज्ञप्ति तथा ज्ञापनपत्रमार्फत् इस्टुले प्याब्सन, एन. प्याब्सनलाई तत्काल निर्णय सच्याउन तथा नेपाल सरकार, शिक्षा मन्त्रालयलाई अावश्यक गृहकार्य गरी तत्काल समस्याकाे समाधान निकाल्नसमेत अपिल गरेकाे छ ।

देशभरका ६ हजारबढी संस्थागत विद्यालयमा कार्यरत दुई लाख बढी शिक्षककर्मचारीलाई कतिपय विद्यालयका सञ्चालकहरूले गत शैक्षिक सत्रकाे माघदेखिकाे तलबभत्ता उपलब्ध नगराएकाे तथा धेरै जसाे विद्यालयहरूले यस वर्षकाे वैशाखदेखि खाईपाई अाएकाे तलब नदिएकाे विषयमा यसअघिसमेत इस्टुले ज्ञापनपत्र तथा एक दिने सडक अान्दाेलनमार्फत् सरकार तथा सञ्चालककाे ध्यानाकर्षण गराएकाे युनियनका अध्यक्ष हाेमकुकुमार थापाले बताउनुभयाे ।

पटकपटक अाग्रह गर्दासमेत अाफूहरूकाे समस्याकाे विषयमा सरकार तथा सञ्चालकहरू मूकदर्शक बनेकाले अागामी तीन दिनभित्रसमेत समस्याकाे समाधान ननिकालिए अाफूहरू २ लाख बढी शिक्षककर्मचारी सडकमा उतारेर निर्णायक सङ्घर्ष गर्न तयार रहेकाे इस्टुका उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख देवीदत्त पाैडेलले बताउनुभयाे । विद्यार्थीकाे पढ्न पाउने अधिकारकाे सम्मान गर्दै अभिभावकलाई अाफ्नाे साथमा लिएर अाफूहरू सङ्घर्षमा उत्रने तयारीमा रहेकाे इस्टुका महासचिव सचिव भाेलानाथ चालिसेले बताउनुभयाे ।istu.jpg

images
प्रकाशित मिति :श्रावण १, २०७७ बिहिवार - १८:४२:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology