Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नारी दिवसमा एम्स कलेजको प्रभातफेरी, नारीले बजाए नेवारी बाजा

नारी दिवसमा एम्स कलेजको प्रभातफेरी, नारीले बजाए नेवारी बाजा

दैनिकी न्यूज

२४, फाल्गुण २०७७
नारी दिवसमा एम्स कलेजको प्रभातफेरी, नारीले बजाए नेवारी बाजा
images

ललितपुर । एम्स इन्टरनेशनल कलेजले एक सय एघारौं नारी दिवसको अवसरमा प्रभातफेरी सहितको कार्यक्रम आयोजना गरेको छ । ललितपुरको लगनखेलमा रहेको कलेजले सोमबार कलेजदेखी जावलाखेलसम्म प्रभातफेरी गरेको कलेजका कोर्डीनेटर सुनिल महर्जनले जानकारी दिए । नेवारी समुदायको स्थानीय बाजागाजा, धुन सहितको झाकी नारी विद्यार्थीहरुले नै बजाएका थिए ।   बिहान ७ बजेदेखि १० बजेसम्म भएको कार्यक्रममा एम्स कलेजमा बिए पहिलो र दोस्रो वर्षमा 'सोसल वर्क' अध्ययन गर्ने विद्यार्थीहरु सहभागी थिए । उनीहरूले महिलामाथि हुने बलात्कार, हिंसा रोक्नुपर्ने सहितको प्ले कार्ड बोकेका थिए । केही विद्यार्थीहरुले नारी मुक्ती र स्वतन्त्रता सम्बन्धि कविता, गीत, गजल र मुक्तक, सायरी प्रस्तुत गरेका थिए । प्रभातफेरि पछिको कार्यक्रमलाई सम्बोधन गर्दै कलेज कोर्डिनेटर महर्जनले नारीहरुलाई सम्मान गर्ने संस्कार घरबाट सिक्नुपर्ने बताए । 'हामीले घरबाट नै नारीहरुमाथी हुने असमान व्यवहारको अन्त्य गराउनुपर्छ,' महर्जनले भने,' एम्स कलेजमा त महिला समानता सहभागिता मुख्य प्राथमिकता दिइएको छ ।' कलेजमा पुरुष भन्दा महिलाले अध्ययन गरेको बताउँदै उनले शिक्षाबाट नै समाजमा रहेको असमानता हटाउन सकिने बताए । सो कार्यक्रमलाई प्रहरीले पनि साथ दिएको थियो । एम्स कलेजमा सोसल वर्क, ग्रामीण विकास, समाजशास्त्र,व्यवस्थापन लगायतको पढाई हुन्छ ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - २३:०८:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology