Logo

आइतवार, श्रावण २४ गते २०८३

images

क्वाड सिटीका नेपालीले दिए आविष्कार केन्द्रका लागि १८ लाख

क्वाड सिटीका नेपालीले दिए आविष्कार केन्द्रका लागि १८ लाख

दैनिकी न्यूज

१४, जेठ २०७८
क्वाड सिटीका नेपालीले दिए आविष्कार केन्द्रका लागि १८ लाख
images

डेभन्पोर्ट, आइवा, अमेरिका । अमेरिकामा बसोबास गर्ने नेपालीहरूले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग पठाएका छन् । बुधबार अमेरिकाको क्वाड सिटी क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुले १८ लाख रुपैयाँ पुनको आविष्कार केन्द्रलाई हस्तान्तरण गरेको अध्यक्ष रमेश केसीले जानकारी दिए । अमेरिकाको मिसिसिपी नदीको किनार, आइवा तथा इलिनोइका ४ शहरमा बसोबास गर्ने नेपालीहरुले 'क्वाड सिटी नेपाली सोसाइटी' बनाएका छन् । सोही समुहले संकलन गरेको $,१६,००० (सोह्र हजार अमेरिकी डलर) को चेक पुनलाई हस्तान्तरण गरेको केसीले बताए । क्रेडिट आइलैंड लज, डेभनपोर्ट, आइवामा भएको कार्यक्रममा  पुन आफैं सहभागी भएका थिए । १६ हजार डलरको  सो चेक कोषाध्यक्ष सुप्रिया राणाले पुनलाई हस्तान्तरण गरेकी  थिइन । रोचक कुरा त पुनको स्वागतमा सिंगो क्वाड सिटी उर्लिएको सो सोसाइटीका अध्यक्ष केसीले जानकारी दिए । राष्ट्रिय आविष्कार केन्द्रका परिकल्पनाकार तथा अध्यक्ष महावीर पुन क्वाड सिटिमा आउँदा उहाँको भव्य स्वागत भयो,' केसीले भने, ' क्वाड सिटी नै उर्लिएको थियो ।' केसीले त्यहाँ बस्ने नेपालीको भनाइ उद्धृत गर्दै भने, 'यति ठुलो जनसमुदाय यो ठाउँमा बिरलै देख्न पाइन्छ। सबै उमेर समुहका मानिस उपस्थित थिए ।' कार्यक्रम क्वाड सिटी नेपाली सोसाइटीले राखेको हो । सो रकम त्यस सिटीमा बसोबास गर्ने विभिन्न व्यक्तिबाट संकलन गरेको र नेपालका कोरोना पिडितको सहयोगार्थ लाग्नु भएका पुनको आविष्कार केन्द्रलाई दिँदा बढी प्रभावकारी हुने देखिएको सोसाइटीका अध्यक्ष केसीले बताए । चेक ग्रहण गर्दै पुनले नेपालीहरुले गरेको सहयोगले आविष्कार केन्द्रले थप काम गर्ने बताए । सो कार्यक्रममा डा. रितु गुरुङ, डा राजेन्द्र दाहाल, देवी वास्तोला, किरण बस्नेत , महेन्द्र बस्नेत, राधेस पण्डित, गंगा प्रसाई, सुशिल थापा, लाक्पा शेर्पा लगायतको महत्त्वपूर्ण भुमिका रहेको थियो ।

images
प्रकाशित मिति :जेठ १४, २०७८ शुक्रवार - ०९:४३:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology