Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कक्षा १२ को परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

कक्षा १२ को परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

दैनिकी न्यूज

२२, श्रावण २०७८
कक्षा १२ को परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
images

काठमाडौं । कक्षा १२ को परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि बोलाइएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण निरन्तर बढिरहेको भन्दै मन्त्रालयले शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रसमक्ष परीक्षा स्थगित गर्न सिफारिस गरेको हो ।

कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो । बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी थालेको थियो । परीक्षा अगावै अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने, परीक्षा केन्द्रमा स्वास्थ्य परीक्षण गर्ने र केन्द्रमा हेल्थडेस्क राख्ने लगायतको तयारी थियो ।

परीक्षा बोर्डका अनुसार कक्षा १२ को परीक्षाका लागि ३ लाख ७४ हजार विद्यार्थीले परीक्षा फारम भरेका छन् ।

images
प्रकाशित मिति :श्रावण २२, २०७८ शुक्रवार - १९:५२:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology