काठमाडौं । चेक अनादर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने मोरङ उर्लाबारी नगरपालिका–५ घर भएका ४५ वर्षीय गोविन्द खत्रीलाई प्रहरीले पक्रा उ गरेको छ ।
जिल्ला अदालत काठमाडौं बरमहलको २०८० माघ ११ गतेको फैसलाले उक्त मुद्दामा २ करोड ५३ लाख १ हजार ९ सय १८ रूपैयाँ विगो वापत २ वर्ष कैद र २ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका–४ जावलाखेलबाट पक्रा उ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बरमहलमा उपस्थित गराइएको छ ।