Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

जाजरकोटमा ४.१ म्याग्निच्युडको भूकम्प

जाजरकोटमा ४.१ म्याग्निच्युडको भूकम्प

दैनिकी न्यूज

२६, श्रावण २०८३
जाजरकोटमा ४.१ म्याग्निच्युडको भूकम्प
images

काठमाडौं । जाजरकोटमा मंगलबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार बिहान ९ बजेर ८ मिनेटमा जाजरकोटको कल्सेनीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको छ। भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।

यसअघि २०८० कात्तिक १८ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। उक्त भूकम्पमा परी १५० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

त्यस्तै, २०८१ चैत २२ गते पनि जाजरकोटको रोकायागाउँ केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो।

images
प्रकाशित मिति :श्रावण २६, २०८३ मंगलवार - ११:४०:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology