काठमाडौं । निजि विद्यालयहरुको माग पुरा गर्ने तर्फ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय गम्भिर नबनेको आरोप लगाउँदै निजी स्कुल सञ्चालकले भोली (साउन १ गते) देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्।
निजी स्कुल सञ्चालकहरुको दुई छाता संस्था प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त बैठक बसेर यस्तो निर्णय गरेका हुन्। साउन १ गतेदेखि नै लागु हुनेगरि उनीहरुले सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई बेतलबी विदा दिने निर्णय पनि गरेका छन्।
उनीहरुले तत्काल पढाई सञ्चालन गर्न नसके पनि साउन १ गतेदेखि विद्यालय खोल्ने र विद्यार्थीको रजिष्ट्रेसन गर्नेलगायतका प्रशासनिक काम गर्न पाउनुपर्ने माग सरकार समक्ष राखेका थिए।