Logo

सोमवार, श्रावण २५ गते २०८३

images

विद्यालयलाई कक्षा सञ्चालन नगर्न आग्रह

विद्यालयलाई कक्षा सञ्चालन नगर्न आग्रह

दैनिकी न्यूज

२०, श्रावण २०७७
विद्यालयलाई कक्षा सञ्चालन नगर्न आग्रह
images

काभ्रे। शिक्षा विकास तथा समन्वय इकाइ धुलिखेल काभ्रेले अर्को निर्णय नभएसम्मका लागि जिल्लाका कुनै पनि विद्यालयलाई कक्षा सञ्चालन नगर्न आग्रह गरेको छ ।

कोभिड–१९ को सङ्क्रमण अझै कायम रहेको अवस्थामा कतिपय सामुदायिक तथा संस्थागत विद्यालयले कक्षा सञ्चालन गरिरहेको बुझिन आएको भन्दै आइतबार सूचना जारी गरी जिल्लाभित्रका सबै विद्यालयलाई कक्षा सञ्चालन नर्गन आग्रह गरेको हो ।

इकाइ काभ्रेका निमित्त प्रमुख सुरेन्द्रप्रसाद भट्टले नेपाल सरकारले भदौ १ गतेदेखि मात्रै नयाँ विद्यार्थी भर्ना गर्ने र भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क भराउने सम्बन्धी निर्णय भएकामा जिल्लाका कतिपय सामुदायिक तथा संस्थागत विद्यालयले कक्षा सञ्चालन गरिरहेको बुझिन आएकाले विद्यालय खोलेर कक्षा सञ्चालन नर्गन आग्रह गरेको बताए।

“निर्देशिका अनुसार उनीहरुले अनलाइन र वैकल्पिक माध्यमबाट सिकाइमा सहजीकरणलाई निरन्तरता दिन सकिन्छ तर विद्यालय नै खोलेर कक्षाकोठामा भीड जम्मा गरेर कक्षा सञ्चालन गर्न पाइँदैन”, उनले भने । त्यसका लागि स्थानीय तहले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई आवश्यक निर्देशन गरी विद्यालय खोलेर कक्षा सञ्चालन गरिरहेका विद्यालयलाई बन्द गर्न इकाइले आग्रहसमेत गरेको छ । रासस

images
प्रकाशित मिति :श्रावण २०, २०७७ मंगलवार - २०:५६:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology