Logo

सोमवार, श्रावण २५ गते २०८३

images

साउनभित्रै विद्यालयका क्वारेन्टाइन हटाइने

साउनभित्रै विद्यालयका क्वारेन्टाइन हटाइने

दैनिकी न्यूज

२४, श्रावण २०७७
साउनभित्रै विद्यालयका क्वारेन्टाइन हटाइने
images

विराटनगर । प्रदेश १ का विद्यालय हातामा रहेका सबै क्वारेन्टाइन साउन महिनाभित्रै हटाउने गरी प्रदेश सरकारले तयारी सुरु गरेको छ ।

प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यससम्बन्धी तयारी गरिसकेको र यसलाई केही दिनपछि बस्ने प्रदेशस्तरीय कोरोना भाइरस सङ्कट व्यवस्थापन समितिको बैठकले निर्णय गरी कार्यान्वयन गर्ने सोही मन्त्रालयका कार्यक्रम संयोजक रवि खनालले बताउनुभयो ।

हाल विद्यालयमा रहेका सबै क्वारेन्टाइन हटाएर जिल्ला सदरमुकाम र आवश्यकताअनुसार स्थानीय तहमा एकीकृत क्वारेन्टाइन निर्माण गर्ने गरी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयारी गरिरहेको पनि कार्यक्रम संयोजक खनालले बताउनुभयो ।

त्यसबाहेक प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लामा एक÷एक वटा होल्डिङ सेन्टर निर्माण गर्ने तयारी पनि प्रदेश सरकारको रहेको छ ।

झापा चन्द्रगडीको कलबडगुडी, मोरङको विराटनगर, सुनसरीको भोक्राह, उदयपुर कटारीको बेलस्रोतमा होल्डिङ सेन्टर निर्माण गरी भारत लगायत अन्य मुलुकबाट आएकाहरुलाई राख्ने प्रबन्ध मिलाइने छ । यसरी होल्डिङ सेन्टरसम्म आइपुगेकाहरुलाई सम्बन्धित जिल्ला तथा स्थानीय तहका क्वारेन्टाइनसम्म पु¥याउने व्यवस्था मिलाइने छ ।

यसअघि विभिन्न स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका क्याम्पस तथा विद्यालय हाताभित्र क्वारेन्टाइन निर्माण गरी शङ्कास्पद व्यक्तिहरुलाई राख्दै आएका थिए ।

स्थानीय तहहरुले धमाधम लकडाउन गरिरहेका बेला प्रदेश १ सरकार भने तत्काल प्रदेशभित्र लकडाउन गर्ने पक्षमा नरहेको प्रदेश सरकारका उच्च अधिकारीहरु बताउँछन् ।

प्रदेश सरकार लकडाउन गर्नेभन्दा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड प्रभावकारी रुपमा कार्यान्वयन गरी बजार, उत्पादन तथा सेवा क्षेत्रलाई सञ्चालन गर्ने तयारीमा देखिन्छ । त्यसका लागि प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशस्तरीय सुरक्षा समन्वय समिति र सामाजिक विकास मन्त्रालयका उच्च अधिकारीहरुसँग पटकपटक छलफल गरी स्वास्थ्य सुरक्षा मापदण्ड निर्माण गरिसकेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :श्रावण २४, २०७७ शनिवार - ०६:२२:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology