Logo

सोमवार, श्रावण २५ गते २०८३

images

दुई शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द

दुई शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द

दैनिकी न्यूज

२६, श्रावण २०७७
दुई शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द
images

सिन्धुपाल्चोक । सल्यानबाट यही साउन १७ गते जुगल आएका जुगल गाउँपालिका वडा नं. ५ का सेती देवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको कार्यालय आइतबारदेखि बन्द गरिएको छ । शिक्षकमा कोरोना देखिएपछि गाउँपालिका कार्यालयसहित ५ नं वडा कार्यालयसमेत बन्द गरिएको हो । वडा नं ५ मा नै गाउँपालिका कार्यालय रहेकाले गाउँपालिका कार्यालय पनि बन्द गरिएको हो ।

भदौ १ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने र भदौ १५ बाट विद्यालयमा पठनपाठन सञ्चालन गर्ने सरकारको निर्णयअनुरुप सल्यानबाट ती शिक्षक जुगल आएका हुन् । उनीहरुले सल्यानबाट आउँदा काठमाडौँको थानकोटमा पिसिआर परीक्षणका लागि स्वाब दिएका थिए । त्यसपछि उनीहरु सिन्धुपाल्चोक आएको जुगल–५ का वडाध्यक्ष सनत अधिकारीले बताए । उनीहरुले धेरै मानिससँग भेटघाट गरेको पाइएको वडाध्यक्ष अधिकारीले बताए ।

हाल दुई शिक्षकमध्ये एकजना टेकु प्रयोगशालामा र अर्का जिल्ला अस्पताल चौताराको आइसोलेसनमा उपचाररत छन् । अब केही दिनमा नै कन्ट्याक ट्रेसिङको काम थालिने वडाध्यक्ष अधिकारीले जानकारी दिए । रासस

images
प्रकाशित मिति :श्रावण २६, २०७७ सोमवार - ०८:१५:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology