काठमाडौं । देशभर आज ६६ सय ३१ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज ८६ सय ६३ निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०१ जना संक्रमितको मृत्यु भएको छ ।
आज थपिकासँगै नेपालमा संक्रमितको संख्या ५ लाख ९३ हजार १६२ पुगेको छ जसमध्ये ४ लाख ७६ हजार १३० निको भएका छन् भने ७७ सय ३१ जनाको मृत्यु भएको छ । अहिले ९७ हजार ६९९ जना आइसोलेसनमा छन् ।
पछिल्लो २४ घण्टामा १४ हजार १८२ पीसीआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण भएको छ ।