Logo

आइतवार, श्रावण २४ गते २०८३

images

डब्लुएल फुडले सुरु गर्यो फेष्ट, जहाँ जित्न सकिन्छ आइफोन र नगद

डब्लुएल फुडले सुरु गर्यो फेष्ट, जहाँ जित्न सकिन्छ आइफोन र नगद

दैनिकी न्यूज

२८, भाद्र २०८०
डब्लुएल फुडले सुरु गर्यो फेष्ट, जहाँ जित्न सकिन्छ आइफोन र नगद
images

काठमाडौं । बिगत ३ बर्षदेखि काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ५ सयभन्दा बढी रेस्टुरेन्टका परिकारहरू डेलिभरी गर्दै आएको डब्लुएल फुड कम्पनीले भाद्र २७ देखि असोज १२ गतेसम्म चल्ने फुड फेस्ट शुरु गरेको छ ।

फेस्टमा प्रत्येक अर्डरमा Sureshot Price राखेको छ, जसमा दुई जनालाई मोटरसाइकल, एक जनालाई आइफोन १४, एक जनालाई एकलाख रुपैयाँ, एक जनालाई ५० हजार, दस जनालाई १० हजार रुपैयाँका साथै स्ट्रेक बाल क्लाइमिङको तर्फबाट सतप्रतिशत छुटको व्यवस्था गरिएको छ ।

wl 1.jpg

wl 2.jpg

धुलिखेल जिपलाइनको भौचर, सुबिसु ईन्टरनेटको तर्फबाट २५ प्रतिशतसम्म छुट, फन्ड लेन्डको तर्फबाट सतप्रतिशत छुटसहित डब्लुएल फुड फेष्ट २०८० ‘खाना खाउ घरमै बसि बसि’ भन्ने नारासहित भदौ २७ गतेबाट शुरु गरेको छ ।

यस फेस्टिबलमा तपाईंहरु पनि सहभागी हुन सक्नु हुनेछ । सहभागी हुन डब्लुएलबाट अर्डर गरेर अथवा टिकटक भिडियो बनाएर हुन सकिने कम्पनीले जनाएको छ ।

यति गरेपछि तपाईले कुपन पाउनु हुनेछ । कुपनमा माथिका उपहारहरू पाउन सक्नु हुनेछ भने अर्डर गर्दा खाने कुरामा ८० प्रतिशत याा off No minimum order buy ! Get ! offer Free food अन्य धेरै अफरहरू हुनेछन भनी सञ्चालक टिमले जानकारी दिएको छ ।

कम्पनीले २४ सै घन्टा सेवा दिदै आएको छ र अहिले धेरैको रोजाइमा डब्लुएल फुड परेको छ । डब्लुएल फुड सेवा सुरु गरेको ३ बर्ष पूरा भइ सफलताका साथ ४ बर्ष लागेको अवसरमा यो विगेष्ट फुड फेष्ट आयोजना गरेको कम्पनीले जनाएको हो ।

wl 3.jpg

wl 4.jpg

images
प्रकाशित मिति :भाद्र २८, २०८० बिहिवार - १०:१६:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology