काठमाडौं । विगत ३ वर्षदेखि काठमाडौ, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न ५०० भन्दाबढी रेस्टुरेन्टका परिकारहरू डेलिभरी गर्दै आएको युवाहरूद्वारा सञ्चालित डब्लु एल फुड कम्पनीले भाद्र २७ देखि असोज १२ सम्म चल्ने फुड फेष्ट शुरु गरेको छ
फेस्टमा प्रत्येक अर्डरमा सियोर सट प्राइज राखेको छ, जसमा २ जनालाई मोटरसाइकल, एक जनालाई आइफोन १४, एक जनालाई रु. एक लाख, एक जनालाई रु. ५० हजार, दस जनालाई रु. १० हजारसाथै स्ट्रेक बाल क्लाइमिङको तर्फबाट सय प्रतिशतसम्म छुट, धुलिखेल जिपलाइनको भौचर, सुबिसु ईन्टरनेटको टर्फबाट २५ प्रतिशत सम्म छुट, फन्ड लेन्डको तर्फबाट सयप्रतिशत छुटसहित डब्लु एल फुड फेष्ट २०८० ‘खाना खाउ घरमै बसि बसि’ भन्ने नारासहित फुड फेष्ट सुरु गरेको छ ।
यसमा सबैजना सहभागी हुन सक्नु हुनेछ । सहभागी हुन डब्लु एल बाट अर्डर गरेर अथवा टिक टक भिडियो बनाएर हुन सकिने कम्पनीले जनाएको छ । यति गरेपछि तपाईले कुपन पाउनु हुनेछ । कुपनमा माथिका उपाहारहरू पाउन सक्नु हुनेछ भने अर्डर गर्दा खाने कुरामा ८० प्रतिशतसम्म छुट, नो मिनिमम अर्डर १ किन्दा १ सित्तैमा, सित्तैमा खाना अन्य धेरै अफरहरू हुनेछन भनी सञ्चालक रविन कट्टेलले जानकारी दिएका छन ।
कम्पनीले नेपालमै पहिलो पटक २४ सै घन्टा सेवा दिदै आएको छ र अहिले धेरैको रोजाइमा डब्लु एल पर्दै गएको छ । डब्लु एलले सेवा सुरु गरेको ३ बर्ष पूरा भइ सफलताका साथ ४ वर्ष लागेको अवसरमा यो ठूलो फुड फेस्ट आयोजना गरिएको हो ।
नेपालमै ५० जनालाई छोटो समयमा रोजगारी दिएर नेपालमा नै केही गर्न सकिन्छ भन्ने उदाहरण बन्न सफल भएको डब्लु एल टिममा ६ जना लगानीकर्ताहरू रहेका छन् ।
अहिले कम्पनी ५ करोडभन्दा बढी लगानी गरेको छ साथै दैनिक ३ सयभन्दा बढी अर्डर आउने सञ्चालक कट्टेलले बताए ।
फुड फेस्टमा यो दुइगुण हुने प्रक्षेपण छ । अर्डर गर्न डब्लु एल को आफ्नै एप डब्लु एल फुड, वेबसाइट, फेसबुक, इस्टाग्राम, भाइबर, अन्य १० भन्दा बढी प्ल्याट फर्मबाट अर्डर गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।