Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ओप्पो एफ १७ प्रो असोज ११ गते नेपालमा सार्वजनिक हुँदै

ओप्पो एफ १७ प्रो असोज ११ गते नेपालमा सार्वजनिक हुँदै

दैनिकी न्यूज

८, आश्विन २०७७
ओप्पो एफ १७ प्रो असोज ११ गते नेपालमा सार्वजनिक हुँदै
images

ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओपो  एफ १७ प्रो सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । कम्पनीले असोज ११ गते अनलाइन ईभेन्ट मार्फत एफ १७ प्रो सार्वजनिक हुने जानकारी दिएको हो ।

अनलाइन ईभेन्टमा नेपाली चलचित्र जगतका चर्चित हस्तिहरु, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुप बिक्रम शाही, नायिका तथा मोडल अलिशा राई र फोटोग्राफर तथा चलचित्र निर्माता सन्जोग राई लगायतको उपस्थिती रहनेछ ।

लामो समयदेखि कम्पनीले एफ सिरिज मार्फत उपभोक्तालाई स्टेट अफ आर्ट प्रविधि पस्कँदै आइरहेको छ । यसले गर्दा एफ सिरिजलाई उपभोक्ताहरुले सुरुवाती दिनदेखि नै औधि रुचाइरहेका छन् । 

 

अग्रगामी सोच सहित डिजाइन मार्फत ओपोले उपभोक्तालाई प्रविधि मार्फत नीजिकृत, सुलभ र रमाइलो अनुभव प्रदान गर्नेतिर केन्द्रित रहँदै आइरहेको छ ।

एफ १७ सिरिज मार्फत यसलाई निरन्तरता दिँदै विशेषगरी ट्रेण्डसेटर्स यूवाहरुका लागि एफ सिरिजको नयाँ समिकरण ओपो एफ १७ प्रोमा ६ ओटा एआई पोट्रेट क्यामेरा, ३० वाट भोक फ्ल्याश चार्ज ४.० का साथमा अल्ट्रा स्लिक बडी, फेशनेवल मिनी डुअल पञ्च होल डिस्प्ले र नवप्रबर्तनात्मक शाइनी म्याट कलर्स लगायत फिचर्सहरु पनि उपलब्ध छन् ।

क्यामेराः

एफ १७ प्रोमा ६ एआई पोट्रेट फङ्सन र अल्ट्रा स्टिडी भिडियो प्रविधिका साथमा ६ ओटा पोट्रेट क्यामेरा जडान गरिएका छन् । यसले प्रयोगकर्ताका सेल्फी, फोटो तथा भिडियोलाई उच्च गुणस्तरिय बनाउन सघाउँछ ।

 

यसको एआई पावर्ड प्रोफेशनल शट्सले सबैलाई आकर्षित बनाउनुका साथै फेशनेवल प्रविधिले प्रयोगकर्तालाई अत्यधिक सहजता समेत प्रदान गर्छ ।

अल्ट्रा स्लिक फोनः

ओपो एफ १७ प्रोमा अल्ट्रा स्लिक बडीका साथमा अल्ट्रा स्लिक डिजाइन अपनाइएको छ । फेशनेवल मिनी डुअल पञ्च होल डिस्प्लेका साथमा आउने यो फोनमा नवप्रबर्तनात्मक शाइनी म्याट रंगहरुको प्रयोग गरिएको छ ।

मोटाई जम्मा ७.४८ ग्राम सहितको ओपो एफ१७ प्रोको वजन १६४ ग्राम रहेको छ । २२० डिग्री राउण्डेड एड्ज सहितको यो फोनमा राउन्डेड एड्ज डिजाइनको प्रयोग गरिएको छ । यसले गर्दा फोन बोक्दा स्मूथ र आरामदायी अनुभव हुन्छ ।

डिस्प्लेः

एफ १७ प्रोको डिस्प्ले २०ः९ रेसियोमा सेट गरिएको छ । यसले गर्दा समाचार हेर्दा, ब्राउजिङ तथा पढ्दा सहजै एक हातको प्रयोग मार्फत गर्न सकिन्छ । ६.४३ ईञ्चको फुल एचडी, सुपर एमोलेड स्क्रिनमा मिनी डुअल पञ्च होल्स रहेको यो फोनमा ९०.७ स्क्रिन टू बडी रेसियो छ ।

३० वाट भोक फ्ल्याश चार्ज ४.०

एफ १७ प्रोमा कम्पनीले मात्र ५३ मिनेट भित्र पूर्ण चार्ज हुने क्षमता सहितको ३० वाट भोक फ्ल्याश चार्ज ४.० उपलब्ध गराएको छ । यो प्रविधि बाट चार्जिङ मात्र तिब्र गतिमा हुने नभइ चार्जिङको समयमा फोन तात्ने समस्यापनि न्यूनिकरण ल्याउँछ ।

 

यसमा रहेको ४००० एमएएच ब्याट्री मात्र ३० मिनेटको समयमा ७४ प्रतिशत चार्ज हुन्छ । त्यसैगरी, यो प्रविधिले अब ५ मिनेट चार्ज गर्दा उपभोक्तालाई ४ घण्टा सम्मको टक टाइमपनि उपलब्ध गराउँछ ।

टप फोन मेटेरियल ट्रेण्ड

ओपो एफ १७ प्रोको निर्माणका लागि छुँदा नरम र हेर्दा आकर्षक शाइनी म्याट रंगको प्रयोग गरिएको छ । फिंगरप्रिन्टको समस्या समाधान गर्दै फिंगरप्रिन्ट प्रुफ फिनिश दिँदै फोनलाई उच्च कोटीको प्रिमियम ईफेक्ट दिन यसमा नयाँ अप्टिकल कोटिङ प्रविधिको प्रयोग गरि पृथक शाइनी म्याट कलरको प्रयोग गरिएको छ ।

उपभोक्ताको ब्यक्तित्व तथा स्टाइल झल्काउन रंगले ठूलो भूमिका खेल्छ भन्ने ओपोको विश्वास छ । यही कुरालाई दृष्टिगत गर्दै एफ १७ प्रो कम्पनीले दूई आकर्षक रंग म्याट ब्ल्याक र म्याजिक ब्ल्यू रंगमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

images
प्रकाशित मिति :आश्विन ८, २०७७ बिहिवार - १५:५९:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology