Logo

आइतवार, श्रावण २४ गते २०८३

images

लक्षण नभएको कोरोना भएको छ ? त्यसो भए सावधान

लक्षण नभएको कोरोना भएको छ ? त्यसो भए सावधान

दैनिकी न्यूज

१, कार्तिक २०७७
लक्षण नभएको कोरोना भएको छ ? त्यसो भए सावधान
images

एजेन्सी । कोरोना भाइरसको संक्रमण भएका सबैमा लक्षण देखिँदैन। विभिन्न अध्ययनअनुसार संक्रमितमध्ये झन्डै ४० प्रतिशत मानिसमा कुनै लक्षण देखिएको छैन। कोरोना संक्रमण भए पनि कतिलाई ज्वरो आउँदैन, खोकी लाग्दैन, सास फेर्न गाह्रो हुँदैन। तर यस्ता बिरामीले आफूलाई कोरोनाले केही गरेको छैन भनेर सोच्नु गलत हुने विज्ञले चेतावनी दिएका छन्।  किनकि कोरोना संक्रमण भएका तर लक्षण नदेखिएका मानिसमध्ये धेरैको फोक्सोमा क्षति पुगेको अध्ययनबाट पत्ता लागेकाे छ। क्यालिफोर्नियास्थित स्क्रिप्स ट्रान्सलेसनल रिसर्च इन्स्टिच्युटका अनुसार लक्षण नदेखिएका संक्रमित व्यक्तिको फोक्सो परीक्षण गर्दा बादलजस्ता सेता प्याच देखापरेका हुन्। यसलाई चिकित्सकीय भाषामा ‘ग्राउन्ड ग्लास ओपासिटी’ भनिन्छ। लक्षण नदेखिएका संक्रमितमा गरिएका चारवटा अध्ययनले आधाभन्दा धेरैको फोक्सोमा यस्तो देखाएकाे अनुसन्धातकर्ताले बताएका छन्। डायमन्ड प्रिन्सेस पानीजहाजमा यात्रा गरेका ७ सय १२ जनालाई कोरोना संक्रमण भएको थियो। जसमध्ये ३ सय ३१ जनालाई कुनै लक्षण देखिएका थिएनन्। तीमध्ये ७६ जनाको फोक्सो परीक्षण गर्दा आधाभन्दा धेरै जनाको फोक्सोमा क्षति भएको पाइएको अनुसन्धानकर्ताले बताएका छन्। फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटीका प्राध्यापक डा. एलिन मार्टी भन्छिन्- कुनै लक्षण नभएका ६७ प्रतिशत संंक्रमितको फोक्सो सिटी स्क्यान गर्दा क्षति भएकाे पाइयाे। यसबाट के बुझिन्छ भने कोरोनाबाट बच्ने सतर्कतामै बढी ध्यान दिन जरुरी छ। जस्तो : मास्क लगाउने, व्यक्तिव्यक्तिबीच कम्तीमा ६ फिट दूरी कायम गर्ने, शंकास्पद वस्तु छोएपछि साबुनपानीले राम्रोसँग हात धुने।

images
प्रकाशित मिति :कार्तिक १, २०७७ शनिवार - १४:११:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology