Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यस्तो छ नेपाल टेलिकमको इलेक्शन अफर

यस्तो छ नेपाल टेलिकमको इलेक्शन अफर

दैनिकी न्यूज

२८, कार्तिक २०७९
यस्तो छ नेपाल टेलिकमको  इलेक्शन अफर
images

नेपाल टेलिकमले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी ‘इलेक्शन अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत कम्पनीले तीन प्याकेज घोषणा गरेको छ ।

अनलिमिटेड डाटा र अनलिमिटेड कल
यो प्याकेज खरिद गरेपछि एक Mbps अनलिमिटेड डाटा र अनलिमिटेड कल उपलब्ध हुनेछन्। यो प्याकेज ४९ रुपैयाँमा उपलब्ध छ र एक दिनको लागि मान्य हुनेछ। अनलिमिटेड कलको सुविधा नेपाल टेलिकमका नम्बरहरूमा मात्र लागू हुनेछ।

९८ रुपैयाँमा ६ जीबी डाटा
यो प्याकेज अन्तर्गत प्रयोगकर्ताले ९८ रुपैयाँमा ६ जिबी डाटा खरिद गर्न सक्नेछन् । यो डेटा प्याकको भ्यालीडीटी तीन दिनको हुनेछ ।

२९४ रुपैयाँमा २० जीबी डाटा
 त्यस्तै नेपाल टेलिकमले 'इलेक्सन अफर' अन्तर्गत  २९४ रूपैयाँमा २० जीबी डाटा उपलब्ध गराएको छ। यो प्याकेज खरिद गरेपछि १० दिन सम्म प्रयोग गर्न सकिने छ।

माथि उल्लेखित अफर खरिद गर्न नेपाल टेलिकमका प्रयोगकर्ताहरूले *1415 *11# डायल गर्नुपर्नेछ। उल्लेखित अफरहरुसँगै नेपाल टेलिकमले उपलब्ध गराएको अन्य अफरहरु पनि नेपाल टेलिकमको एपबाट खरिद गर्न सकिनेछ ।

यो अफर कार्तिक २७ गतेदेखि मंसिर ११ गतेसम्म मान्य हुनेछ ।

 

images
प्रकाशित मिति :कार्तिक २८, २०७९ सोमवार - २१:०७:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology