Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रयोगकर्तालाई इन्टरनेट ‘स्पिड’को स्पष्ट जानकारी दिनुपर्ने

प्रयोगकर्तालाई इन्टरनेट ‘स्पिड’को स्पष्ट जानकारी दिनुपर्ने

दैनिकी न्यूज

८, आषाढ २०७७
प्रयोगकर्तालाई इन्टरनेट ‘स्पिड’को स्पष्ट जानकारी दिनुपर्ने
images

काठमाडौं । सम्झौतामा उल्लेख भएअनुसारको इन्टरनेट ‘स्पिड’ नपाएको गुनासो बढेपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेड ब्यान्डविथको स्पष्ट जानकारी दिने व्यवस्था गर्न सेवाप्रदायकलाई निर्देशन दिएको छ । कुन समयमा के कति इन्टरनेट प्रयोग भएको हो, त्योबारे प्रयोगकर्ता आफैँले हेर्न मिल्ने व्यवस्था गर्न प्राधिकरणको निर्देशन छ ।

यस्तो व्यवस्थापछि प्रयोगकर्ता आफैँले आफूले जडान गरेको इन्टरनेटको गुणस्तर र प्रयोग भइरहेका डिभाइस सङ्ख्याका बारेमा जानकारी लिन सक्ने प्राधिकरणका निर्देशक विजय रोयले जानकारी दिए ।

‘राउटर अथवा धेरै डिभाइसमा कनेक्ट भएका कारणले इन्टरनेट स्पिड कम हुँदा पनि गुनासो आइरहेको छ, उनले भने, यस्तो व्यवस्थापछि प्रयोगकर्ताले वास्तविकता थाहा पाउने र बुझेर मात्र गुनासो आउने अपेक्षा छ । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ ८, २०७७ सोमवार - ०७:०५:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology